रौतहट । रौतहटको माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या गौर नगरपालिका–५ स्थित एक घरमा भएको खुलेको छ । सो घरमा डेरागरी बसेका माधवपुरका लक्ष्मण पासवानले साहको हत्यापछि शव व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानले देखाएको हो । उक्त शव ठेगान लगाउन पासवानले गौरको कबिर चोकबाट ई–रिक्सा बुक गरेका थिए । प्रहरी स्रोतका अनुसार उक्त ई–रिक्सामा…