काठमाडाैं । मुक्तिनाथ विकास बैंक र स्याङ्जाको चापाकोट नगरपालिका– ९ मा रहेको चापाकोट क्याम्पसबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, व्यावहारिक ज्ञानका लागि इन्टर्नसिप गर्ने र बैंकिङ करिअरका लागि अवसर प्रदान गर्ने सम्बन्धमा दुई पक्षबिच सम्झौता भएको हो। समझदारीपत्रमा बैंकका तर्फबाट बैंकका गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकाल…