काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थी सिफारिस भएका छन् । बोर्डमा महासंघको प्रतिनिधित्व गर्न महानिर्देशक अवस्थी सिफारिस भएका हुन् । हाल सेबोनमा महासंघको प्रतिनिधित्व उपाध्यक्ष सुरकृष्ण वैद्यले गर्दै आएका छन् । दुई दशक बढी लामो समय सक्रियता आर्थिक पत्रकारीता गरेका अवस्थी २०७८ चैतमा महासंघको महानिर्देशक बनेका हुन् ।…