राजधानीको नयाँ बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेर भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असोज २९ गते बैंकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेर फरार भएका काठमाडौं महानगरपालिका थापागाउँ बस्ने ३१ वर्षीय शशि थापालाई प्रहरीले बुधबार पक्राउ गरेको हो । महानगरीय प्रहरी बृउत्त बानेश्वरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो…