सरकारको समेत स्वामित्व रहेको नेपाल टेलिकमले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेललाई उछिन्ने योजना अघि सारेको छ । आफ्नो १५औं बार्षिकोत्सवमा नेपाल टेलिकमका नयाँ कार्यकारी निर्देशक (एमडी) डिल्लीराम अधिकारीले कम्पनीको सुधारको आक्रामक एवं महत्वाकाँक्षी योजना अघि सारेका हुन् । दुई दिनअघि मात्रै फोरजी सेवा सञ्चालनका लागि सम्झौता गरेका उनले नेपाल टेलिकमलाई नम्बर १ कम्पनी कायम…