काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नियामकीय निर्देशन पालना नगर्ने ३ विकास बैंक र ३ फाइनान्स कम्पनीमाथि नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ। कारबाहीमा पर्नेमा मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, पोखरा फाइनान्स, जानकी फाइनान्स र गोर्खाज फाइनान्स रहेका छन् । गोर्खाज फाइनान्सले प्रमुख कार्यकारी अधिकृत पद तीन महिनासम्म रिक्त राखेको…