Logo

आज लुम्बिनी जाँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार लुम्बिनी जाने भएका छ । उनी लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी जान लागेका हुन् । दीक्षान्त समारोह बिहान १० बजे सुरु हुने भएको छ । प्रधानमन्त्री विश्विद्यालयको कुलपति हुने व्यवस्था छ । कार्यक्रमको सम्पूर्ण तयारी सकिएको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ ।