प्रदेश २ सरकारले कृषि विश्व विद्यालयको उपकुलपतिमा डा. वैधनाथ महतोलाई नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले मंगलवार प्रदेश २ का नीति आयोगका पूर्व सदस्य तथा सिरहा मिर्चैया नगरपालिका-२ का डा. महतोलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । प्रदेशको महत्वाकांक्षी कार्यक्रमको रुपमा रहेको कृषि विश्वविद्यालय स्थापना तथा सञ्चालनको लागि मुख्यमन्त्री राउतले उनलाई नियुक्त गरेकाे बताएका छन्…