Logo

शिक्षा

शिक्षक सेवा आयोग बिज्ञापन खुला, परीक्षाको मिति सहित



शिक्षक सेवा आयोगले माध्यमिक तहको विज्ञापन खुलाएको छ । आयोगले १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको सूचना अधिकारी सुदर्शन मरहठाले जानकारी दिए ।

उनका अनुसार पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अविलम्ब शुल्कमा परीक्षा आवेदन फारम भर्नुपर्ने छ । चैत १५ परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था गरिएको छ, उनले भने ।

विज्ञापन भोलिको गोरखापत्र दैनिकमा प्रकाशन हुने उनले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार १४:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।