काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ६ जना सह-परीक्षा नियन्त्रक नियुक्त गरेको छ । उपकुलपति कार्यालयले परीक्षा नियन्त्रण कार्यालय काठमाडौँ बल्खुसहित क्षेत्रीय कार्यालयहरूका लागि सह परीक्षा नियन्त्रक नियुक्त गरेको हो । त्रिविले पर्याप्त मेरिटाेक्रेसीका आधार, मार्ककाे आधारमा, डकुमेन्ट र नियम कानुनको अधीनमा रहेर परीक्षा नियन्त्रक सिफारिस समितिको सिफारिसमा परेकाहरू मध्ये नियुक्त गरिएको त्रिविका प्रवक्ता यमनसिंह बोहराले बताए…