Logo

वैदेशिक अध्ययन शाखामा एनओसी लिने विद्यार्थीको थामिनसक्नु भिड

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन शाखामा पर्याप्त कर्मचारी नहुँदा सेवाग्राही विद्यार्थीले सास्ती बेहोरिरहेका छन् । सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय परिसरमा रहेको उक्त शाखामा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिन हाल दैनिक तीन हजार पाँच सयसम्म विद्यार्थी जाने गरेका छन् । पछिल्लो समय एक्कासि विद्यार्थीको चाप बढ्न थालेपछि यहाँका कर्मचारीलाई भ्याइनभ्याइ…