मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भवनको उद्घाटन गरेका हुन्। उक्त भवनमा २५ वटा जेनरल शय्या, ४ वटा आइसियु शय्या, ११ वटा क्याविन र एउटा भिभिआइटी सुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । उक्त भवनको लागत २५ करोड रुपैयाँ रहेको अस्पतालले जनाएको…