काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा मनोनयनका लागि सर्टलिस्टमा परेका ९ जना उम्मेदवारलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको छ। सूचना तथा सञ्चार मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै सर्टलिस्टमा परेका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता असार २४ गते (बुधबार) मन्त्रालयमै सञ्चालन हुने जनाएको हो। मन्त्रालयका अनुसार उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको समयतालिका यसप्रकार छ–…