१९९२ साल असार १८ गते असाममा जन्मिएका हरिभक्त कटुवाल तीसको दशकका चर्चित कवि तथा गीतकार हुन् । कटुवाल २०२४ सालममा नेपाल आएका थिए । कवि हरिभक्त कटुवाल जटिल परिवेशमा बाँचेका चर्चित कवि हुन् । आफ्नो सम्पूर्ण जीवनकाल कविकै परिचयमा व्यतित गरेका उनको जीवन कुनै नाटकको दुखान्तः पात्रको झैं घात प्रतिघातमा बितेको थियो । विक्रम संवत् २०२०…