काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी छोडेर पवनकुमार खड्का एशियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने भएका छन्। खड्का यसअघि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट बाहिरिएपछि आइएमई लाइफ इन्स्योरेन्सको सीईओ नियुक्त भएका थिए। उनीसँग बैंकिङ तथा बीमा क्षेत्रमा लामो अनुभव रहेको छ। एशियन लाइफ इन्स्योरेन्सका सीईओ दिनेशलाल श्रेष्ठले राजीनामा दिएपछि कम्पनीमा नेतृत्व परिवर्तनको प्रक्रिया…