Logo

Sports

क्रिकेट रङ्गशालाको सुरक्षा र व्यवस्थापनबारे सुरक्षा समितिद्वारा अनुगमन



काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने टी–२० प्रतियोगितालाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिको टोलीले सुरक्षा तथा व्यवस्थापनको अवस्थाबारे अनुगमन गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेसहितको टोलीले मैदानको स्थलगत निरीक्षण गर्दै प्रतियोगिताको तयारीबारे जानकारी लिएको हो ।

नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक तयारीका विषयमा टोलीले चासो देखाएको छ ।

अनुगमनका क्रममा खेल अवधिमा अपनाउनुपर्ने सुरक्षा व्यवस्था, आवश्यक पूर्वतयारी तथा प्रतियोगिता सञ्चालनका लागि गर्नुपर्ने व्यवस्थापनबारे छलफल गरिएको जनाइएको छ ।

प्रतियोगिता अवधिमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय गर्ने तथा आवश्यक सुरक्षा प्रबन्ध मिलाउने विषयमा समेत ध्यान दिइएको छ ।

उक्त प्रतियोगिताका खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० बाट आधिकारिक लिस्ट ‘ए’ टी–२० मान्यता प्राप्त गरेका छन् । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आयोजक र सुरक्षा निकायबीचको समन्वयलाई महत्त्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आईतवार ०८:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।