Logo

निर्मला पन्त प्रकरणमा दुई ल्याबका अधिकारी दुईतिर, प्रहरी हेडक्वार्टर मौन

कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणबारे प्रतिवेदन सार्वजनिक गर्दै मानवअधिकार आयोगले ‘भजाइनल स्वाब’ संकलन नै त्रुटिपूर्ण रहेको ठहर्‍यायो । त्यसको २४ घन्टा बित्न नपाउँदै नेपाल प्रहरीले जवाफी सूचना चुहायो, ‘आमा दुर्गादेवीको रगतबाट निकालिएको डीएनएसँग निर्मलाको स्वाबको नमूना मिल्यो ।’ जतिखेरसम्म मानवअधिकार आयोग निर्मलाको स्वाबबारे बोलेको थिएन, त्यसबेलासम्म नेपाल प्रहरीले दूर्गादेवीको डीएनए रिपोर्ट बाहिर ल्याएको थिएन…