काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले पदभार ग्रहण गरेका छन् । मन्त्रालयमा बिहीबार साँझ आयोजित एक कार्यक्रमका बीच उनले पदभार सम्हालेका हुन् । पदभार ग्रहणपछि मन्त्रालयका सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री साहले मन्त्रालयका विगतका काम र अनुभवहरूको समीक्षा गरेर मात्र नयाँ कार्यक्रमहरू तय गर्ने बताए । कुनै पनि नयाँ योजना सुरु गर्नुअघि…