बर्दीबास । जिल्ला सदरमुकाम समेत रहेको महोत्तरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उज्ज्वलकुमार झा भारी मतान्तरले निर्वाचित हुनुभएको छ। अन्तिम मतपरिणाम अनुसार झाले ३२ हजार ४५१ मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाल सङ्घीय समाजवादी पार्टीका मोहम्मद रिजवानलाई २६ हजार ४८२ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो। रिजवानले…