काठमाडौं । अल जेनजी मुभमेन्टले वर्तमान सरकार देशलाई निकास दिन असफल भएको आरोप लगाउँदै सर्वपक्षीय राष्ट्रिय सरकार गठनको माग गरेको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अल जेनजी मुभमेन्ट नेपालले आइतबार सिंहदरबारको दक्षिण गेटमा गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनले गरेको धरपकड गैरन्यायिक र गैरकानुनी भएको आरोप लगाएको हो। मुभमेन्टका प्रतिनिधि मेग खत्रीले शान्तिपूर्ण प्रदर्शनमाथि हस्तक्षेप…