Logo

तलब भत्ता नलिने ऊर्जामन्त्री घिसिङको घोषणा

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले तलब–भत्ता नलिने घोषणा गरेका छन्। सोमबार मन्त्रालयको पदभार सम्हाल्दै घिसिङले आफ्नो तलब–भत्ता सहिद परिवारको नामको कोषमा दिने निर्णय गरेका हुन् । अन्तरिम सरकारका नवनियुक्त मन्त्री घिसिङले सोमबारै पद तथा गोपनीयताको शपथ लिएका थिए ।