काठमाडौं । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगेदाउ २’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा दाजुभाइ तथा देउरानी–जेठानीबीचको झगडा, आमाको ममता, सन्तानको प्रेम र आमाको खोजीलाई प्रस्तुत गरिएको छ । ट्रेलर सार्वजनिक भएपछि दर्शकको प्रतिक्रिया उत्साहजनक रहेको निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन् । नेपाल…