काठमाडाैं । पछिल्लो समय नेपालमा मिर्गौला उपचारको क्षेत्रमा ठूलो सुधार आएको छ । मिर्गौला रोगीको संख्या बढे सँगै यसको उपचारमा पनि विशिष्टीकृत हुँदै गएको हो । नेपालमा सन् २००८ मा पहिलो पटक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको सुरुवात गरिएको थियो । त्यसअघि मिर्गौला प्रत्यारोपण गर्नुपरेमा छिमेकी मुलुक भारत र अन्य मुलुक जानुपर्ने अवस्था थियो…