काठमाडाैं । लामो समयदेखि काठमाडौं महानगरपालिकाभित्र कबाड संकलनमा अवरोध भइरहेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापनपत्र बुझाइएको छ । बिहीबार कबाड व्यवसायी संघर्ष समितिको तर्फबाट कबाड व्यवसायी समाजले सीडीओ तिवारीलाई ज्ञापनपत्र बुझाएको हो । समाजले काठमाडौं महानगरपालिकाले काठमाडौं महानगर क्षेत्रभित्र साइकलमा कबाड संकलन गर्दै आएका कबाड संकलकहरूको साइकल र समान जफत गर्ने गरेको…