काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बूढीगण्डकी नदीको बाढीले बगाएको बताइएको छ । घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको र नदीको बहाव निरन्तर बढिरहेको मन्त्रालयले जनाएको हो । मन्त्रालयले बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र…