काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा विभिन्न क्लस्टर तथा समूहबाट केन्द्रीय सदस्यका उम्मेदवारहरूले पार्टीलाई थप समावेशी, युवामैत्री र जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन् । अपाङ्गता क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदकी उम्मेदवार निर्मला श्रेष्ठले कांग्रेसले समावेशिताको अभ्यास अघि बढाए पनि अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व पर्याप्त हुन नसकेको बताइन् । उनले अपाङ्गता भएका व्यक्तिका लागि छुट्याइएको कोटामा…