काठमाडौं । पत्रकार यज्ञराज जोशीको बैसाखी कथासङ्ग्रह शनिबार लोकार्पण हुने भएको छ।
काठमाडौंको आलोकनगरस्थित इम्पेरियल हाउस रेष्ट्रोमा शनिबार बिहान ११:३० बजे पुस्तकको लोकार्पण समारोह रहेको प्रकाशन गृह शिखा बुक्सले जनाएको छ।
सुदूरपश्चिमको धनगढी घरभइ डेढ दशकदेखि पत्रकारितामा सक्रिय जोशी हाल गोरखापत्र डोटेली पृष्ठ संयोजक र डिसी नेपाल मिडियामा आवद्ध छन्। उनीसँग नागरिक दैनिक, रेडियो नेपाल घटना र विचार कार्यक्रम प्रस्ता जस्ता, नेपाल समय, नेपाल न्यूज जस्ता थुप्रै सञ्चारमाध्यममा काम गरेको अनुभव छ। उनी विभिन्न साहित्यसक संघ संस्थामा समेत आवद्ध छन्।
पुस्तक विमोचन समारोहमा प्राडा महादेव अवस्थी प्रमुख अतिथि, ज्ञानु अधिकार र सुभाषचन्द्र भण्डारी विशिष्ट अतिथि रहेका छन्।



















प्रतिक्रिया