संघीय समाजवादी फोरम नेपालले सांसद हरिनारायण रौनियारको पद निलम्वलाई लिएर सभामुख कृष्णवहादुर महराको ध्यानाकर्षण गराएको छ। बुधबार सिंहदरबारमा सभामुख महरालाई भेट्दै फोरमका सांसदहरुले रौनियारलाई संविधान र संसद नियमावली विपरीत निलम्वन गरिएको दाबी गर्दै ध्यानाकर्षण गराएका हुन्। भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको अख्यिारको पत्रका आधारमा संसद सचिवालयले रौनियार निलम्वित भएको सूचना जारी गरेको थियो।…