Logo

प्रमुख समाचार

रौनियारको पद निलम्बनको निर्णय सच्याउन सभामुखसंग फोरम आग्रह, नसच्याए फोरम सरकारबाट बाहिरिएला त?



संघीय समाजवादी फोरम नेपालले सांसद हरिनारायण रौनियारको पद निलम्वलाई लिएर सभामुख कृष्णवहादुर महराको ध्यानाकर्षण गराएको छ।

बुधबार सिंहदरबारमा सभामुख महरालाई भेट्दै फोरमका सांसदहरुले रौनियारलाई संविधान र संसद नियमावली विपरीत निलम्वन गरिएको दाबी गर्दै ध्यानाकर्षण गराएका हुन्।  भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको अख्यिारको पत्रका आधारमा संसद सचिवालयले रौनियार निलम्वित भएको सूचना जारी गरेको थियो।

संसद सचिबालयले सो सूचना जारी गरेको ४ महिनापछि फोरमले सभामुखको ध्यानाकर्षण गराएको हो। ध्यानाकर्षण पत्र बुझाएपछि फोरमका महासचिव रामसहाय प्रसाद यादवले गैरकानुनी रुपमा आफ्नो सांसदलाई निलम्वन गरिएको बताए। उनले संसद सचिवालयले निर्णय नसच्चाए थप सघर्ष गर्ने चेतावनी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको जब्दिघाट पुल प्रकरणमा रौनियारलगायत १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि संसद सचिवालयले असोज २१ गते पद स्वतः निलम्बन भएको सूचना निकालेको थियो। रौनियार पर्सा ३ बाट निर्वाचित भएका थिए।

संबिधान संशोधनको एजेण्डा बोकेर सरकारमा सहभागी उपेन्द्र यादब नेतृत्वको फोरमले संबिधान संशोधनको मुद्धा भुलिसकेको छ। सत्तास्वार्थमा केन्द्रित यादबले आफ्ना सांसदको पद निलम्बनको निर्णय नसच्चिए सरकारबाट बाहिरिएलान् त? फोरमकै नेताहरु भन्छन्‘ रौनियारको पदको उनलाई चिन्ता छैन, चिन्ता छ त केबल आफ्नो कुर्सी कसरी जोगाउने भन्ने मात्र।’

प्रकाशित मिति : माघ २३, २०७५ बुधबार  ९ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।