Logo

खेलकुद

आइसीसी वरियतामा नेपालको फड्को, खेलाडीहरु को कहाँ ?



 नेपाल अन्तर्राष्टिय क्रिकेट परिषद आईसीसीको वरियतामा फड्को मार्न सफल भएको छ । युएईमा सम्पन्न तीन वटा खेलको एक दिवसीय र तीन वटा टी–२० का खेलमा दुवै सिरिज २–१ ले जितेपछि नेपाल वरियतामा परेको हो ।

आईसीसीले सोमबार सार्वजनिक गरेको टी–२० वरियतामा नेपालले खेलका ७ खेलमा ३ सय ३ अंक र ४३ अंक रेटिङ छ । नेपाल वरियताको १४ औ स्थानमा रहेको छ । यूएई, हङकङ, ओमान रआयरल्यान्ड नेपाल भन्दा पछि छन् ।

नयाँ वरियता अनुसार पाकिस्तान शीर्ष स्थानमा रहँदा भारत दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । एसोसिएट राष्ट्रका स्कटल्यान्ड ११ र नेदरल्यान्ड १३ औं स्थानमा छन् ।सन् २०१४ मा टी–२० विश्वकपमा भाग लिएको नेपाली टोलीले सन् २०१८ को जुन महिनामा टी–२० को अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

सन् २०१५ मा टी–२० विश्वकप छनोटमा खराब प्रर्दशन गर्दै समुह चरणबाट बाहिरिएपछि नेपालले टी–२० को मान्यता गुमाएको थियो । गत मार्च १५ मा चार वर्षका लागि एक दिवसीय मान्यता पाएसंगै नेपालले पुनः टी–२० को मान्यता प्राप्त गरेको थियो ।

एक दिवसीयमा भने नेपाल १५ औं स्थानमा छ । एसोसिएट राष्ट्रबाट आयरल्याण्ड, स्कटल्याण्ड र युएई नेपालभन्दा अगाडि छन् । एक दिवसीयमा इंगल्याण्ड पहिलो, भारत दोस्रो र दक्षिण अफ्रिका तेस्रोमा छन् ।

नेपाली खेलाडीहरुको स्थिति 

आइसीसी वरियतामा नेपालबाट एक दिवसीयमा नेपालबाट कोही पनि एक सय भित्र पर्न सकेका छैनन् । त्यसैगरी बलिङतर्फ पनि एक दिवसीयमा कुनै नेपाली खेलाडी एक सय भित्र छैनन् । अलराउन्डरमा पनि छैनन् ।

तर टी–२० मा भने नेपाली खेलाडीले त्यो सौभाग्य प्राप्त गरेका छन् । व्याटिङमा कप्तान पारस खड्का ९६ औं स्थानमा छन् । बलिङतर्फ बसन्त रेग्मी ७४ औं स्थानमा छन् । त्यस्तै सोमपाल कामी ९३ औं स्थानमा छन् । अलराउन्डरतर्फ पारस खड्का ४२ औं स्थानमा छन् । त्यस्तै सोमपाल कामी ६४ औं स्थानमा छन् ।

प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार  ८ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।