Logo

प्रमुख समाचार

पवित्र तीर्थस्थल देवघाटधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक : भण्डारी



राष्ट्रपति विद्यादेवी भण्डारीले पवित्र तीर्थस्थल देवघाटधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेको बताईन् ।देवघाटमा मंगलबार सुरु भएकोको विराट ज्ञान महायज्ञलाई उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक महत्व बोकेको देवघाटलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिइनु पने बताईन् ।

संस्कृत शिक्षाप्रति युवा विद्यार्थीहरुको आर्कषण बढाउनुपर्ने रहेको दाबी राष्ट्रपति भण्डारीको छ । देवघाट गुरुकुल शिक्षा चलाएर नेपालको मौलिक संस्कृतिको संरक्षणमा लागेको भन्दै राष्ट्रपति भण्डारीले गुरुकुलहरूको बिद्दालयको प्रशंसा गरिन् । जसलाई समय अनुकुल बनाउनु पने उहाको भनाई छ ।

राष्ट्रपति भण्डारीले सो क्रममा आश्रमको नवनिर्मित भवनको पनि उद्घाटन गरिन् ।जसमा नवनिर्मित भवनमा कक्षा ६ देखि आचार्यसम्मको पठनपाठन हुने आयोजकको भनाई छ। महेश सन्यास आश्रम तथा महेश गुरुकूलको रजत वर्ष एवं १००८ डा स्वामी रामानन्द गिरिजी महाराजको पूण्यतिथिको अवसरमा महायज्ञ गर्न लागिएको हो ।

सो गुरुकूलमा कक्षा ६ देखि आचार्यसम्म अहिले तीनसय जना विद्यार्थी अध्ययनरत छन् । महायज्ञ फागुन १ गतेसम्म चल्नेछ । यसअघि गुरुकूलले विसं २०६५ मा पहिलोपटक विराट ज्ञान महायज्ञको आयोजना भएमो थियो ।

प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार  १ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।