काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)ले लामो समयदेखि मध्यपूर्वमा अन्तर्राष्ट्रिय व्यापार र लगानीका लागि सुरक्षित गन्तव्यका रुपमा आफूलाई प्रस्तुत गर्दै आएको थियो। तर, हालको इरान–इजरायल तनाव र युद्धले त्यस छविमाथि गम्भीर चुनौती ल्याएको छ। युद्धका क्रममा यूएईले मिसाइल र ड्रोन आक्रमण भोगेको छ। साथै, इरानसँग सम्बन्धित तनावका कारण होर्मुज जलडमरूमध्यमा अवरोध उत्पन्न हुँदा तेल तथा ग्यास निर्यातमा…