Logo

राजनीति

आयल निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी साहको काँधमा



काठमाडौं। नेपाल आयल निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा नागेन्द्र साह नियुक्त भएका छन्।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी साहले मंगलबार निगमका नायब कार्यकारी निर्देशक साहलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएकी हुन्। चार्टर्ड एकाउन्टेन्ट उनी निगममा १९ वर्षदेखि कार्यरत छन्।

निगममा कार्यकारी निर्देशकको पद एक सातादेखि खाली छ। यसअघिका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले वैशाख ३० गते राजीनामा दिएसँगै उक्त पद खाली भएको हो।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलवार १८:२३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।