Logo

अर्थ

प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ खर्च



काठमाडाैँ । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ।

आयोगका अनुसार निर्वाचन सम्पन्न गर्न कुल ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको छ। निर्वाचनका लागि सरकारले आयोगलाई ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ उपलब्ध गराएकाे थियाे ।

कूल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ लाई आधार मान्दा प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ मा प्रति मतदाता सरदर २ सय ६३ रुपैयाँ खर्च हुन आएको छ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलवार १८:४९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।