७८ लाख ‘घुस डिल’ प्रकरणमा तानिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ र स्वर परीक्षण (भ्वाइस टेस्ट)का लागि बोलाएको छ । अख्तियार स्रोतले गुप्तालाई मंगलबार बोलाएको पुष्टि गरेको छ । गुप्ताविरुद्ध अख्तियारमा उजुरी परेको छ । छानबिनका क्रममा अख्तियारले गुप्तालाई बोलाएको र मंगलबार उनको अडियो परीक्षण हुने स्रोतले बतायो । ‘अडियोसहित उजुरी…