Logo

पत्रपत्रिका

मेलम्ची बन्द गर्दा काठमाडौं उपत्यकामा पानी अभाव



मेलम्ची खोलाको खानेपानी बन्द गर्दा काठमाडौैं उपत्यकाको खानेपानी वितरणमा समस्या देखिएको छ । मौसम प्रतिकूलता तथा निरन्तर वर्षाका कारण मेलम्चीको पानी वितरण पूर्ण रूपमा बन्द गरिएको छ ।

दैनिक २० करोड लिटर पानी मेलम्चीबाट आउने गरेकोमा १५ असारदेखि नै मेलम्ची खोलाको पानी पठाउन बन्द गरिएको हो । लेदो र गेग्रानसहितको पानी आएपछि टनेल ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

यद्यपि, मेलम्ची खोलाको पानी वितरण बन्द गरिए पनि नजिकै रहेको रिबर्मा खोलाबाट भने दैनिक ६ करोड लिटर सोही टनेलबाट वितरण भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रमुख रत्न लामिछानेले बताए ।

‘मेलम्ची खोलाको पानी पूर्ण रूपमा धमिलो आयो, त्यसपछि नजिकै रहेको रिबर्मा खोलाको पानी मेलम्चीकै टनेलबाट पठाएका छौँ, तर त्यो पुग्दो छैन, दैनिक ६ करोड लिटर पठाउने गरेका छौँ,’ उनले भने, ‘हामीले ट्रिटमेन्ट गरेर पानी पठाएका छौँ, सुन्दरजलीसम्म हामी हेर्छौँ, त्यसपछि केयुकेएलले हेर्छ, सुन्दरीजलमा रहेको ट्रिटमेन्ट प्लान्टबाट पानी प्रशोधन गरेर मात्रै पठाउँछौँ, धमिलो पानी पठाइएको छैन ।’

 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलवार ०७:११   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।