अन्तरिम सरकारले राजनीतिक भागबन्डामा नियुक्त ११ राजदूतलाई फिर्ता बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केपी ओली नेतृत्वको सरकारले १४ साउन ०८१ मा सिफारिस गरेका १० र त्यसअघिको सरकारले सिफारिस गरेका एक गरी ११ राजदूत फिर्ताको निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ११ राजदूत फिर्ताको निर्णय भएको र उनीहरूलाई आगामी २०…