Logo

कोशी प्रदेश

राजनीतिज्ञ मर्दा समवेदना भन्न हिसाब गर्ने समाज बन्दैछ ।



कोही कसैको मित्र वा शत्रु हुँदैन व्यबहारले गर्दा नै मित्र वा शत्रु हुन्छ । हिजोको शत्रु आजको मित्र र आजको मित्र भोलीको शत्रु हुन सक्छ । त्यसैले मित्रलाई पनि सत्रुलाई जस्तै निगरानीमा राख्नु पर्ने हुन सक्छ । सधै कुम ठोक्किएका दिल नठोक्किने पनि प्रसस्तै हुन्छन ।

यो राजनीति त झनै स्थायी सत्रु नभएको जहिल्यै जुनसुकै बेला पनि आफ्नैले आफ्नो पनि सिध्याउन सक्ने कल ,बल,छलको बिना पुजी नाफा दिने रोजा व्यवसाय हो । यस्तो व्यवसायमा लगेका राज्य सत्ता संचालनका मुख्य दल, प्रतिपक्षी र तिनका स्वजन हरु जनताले आफ्नो गाँस र स्वास काटेर फूल पाती नैवेद चढाउँदा पनि घोप्टे अनुहार लगाएर च्याँ च्याँ र म्याँ म्याँ गरि बसेका छन् ।

औसत राजनीतिज्ञ शक्ति पुजक हुन्छन् नै । शक्ति नभएको नेता दाह्रा नङ्ग्रा नभएको बाघ जस्तै हो । काङ्ग्रेसका महान मानिने नेता बि.पि, मातृका, गढेशमान पनि कुनै बेला पार्टी बाट निस्कासित, अपमानित जस्ता कुराको शिकार बने भने अहिलेका मैमत्ते नेताहरूलाई यो कुराले पिरोलेको छैन भनेर भन्न सकिन्न । त्यसैले पनि सत्ता, शक्ति, सम्पत्ति हत्याउनेमा केन्द्रित देखिन्छन् । यता कम्युनिस्ट नेता मदन भण्डारी, जिवराज आश्रित को हालत बारेत के भनौं राजनीतिमा स्थाई दुश्मन नभएरै होला आफ्नैले आफ्नो मार्छन । तब सम्म मार्छन जब सम्म लासको साँची लास हुँदैन ।

सबैले देश बनाउछु भनेरनै आएका हुन्छन । कसैले बिगार्छु , भत्काउछु , सड्याउछु , नास्छु भनेनन् र भन्दैनन् पनि । जस्तोकि गिद्धले जति माथि पुगे पनि सिनो मात्र देख्छ त्यस्तै यिनैले पनि त्यहीँ हालतमा माथि बाट पनि निमुखाको रगत पसिनामा मोज भोज मात्र देखेका छन ।

कुनै पनि पार्टि, संस्था वा व्यक्तिमा जति कमजोरी हरु भए पनि अरुको कमजोरी खोज्न मात्र उद्धत रहने सोचले गर्दा उसको साँचो कुरा गर्यो भने निन्दा गर्यो भनेर आफू जे हैन त्यो हो र जे हो त्यो हैन भनेर देखाउन तिर नेपालका राजनीतिक दल लागि परेको देखिन्छ ।

आम रुपमा नाना, खाना, छाना नभएर पिल्सिएका जनताको आँखामा म कस्तो कडिमा छु भन्ने सोच्नु भन्दा पनि आफ्नो बैगुन, कमजोरी , मुर्खता , घमण्ड , लोभ लुकाउन सकेकोमा गर्व गर्छन । ठान्छ म नै अदभूत शक्ति हुँ । म बेगर राष्ट्र चल्दैन । तर बुझ्नुपर्ने कुरा हुटिट्याउँले आकाश थामेर अहिलेसम्म पृथ्वीका मान्छे बाँचेका हैनन् ।

राजनीतिक कर्मि पनि मान्छे भएको कारण मानवीय कमजोरी जानेर वा अन्जानमा हुनु अस्वभाविक हैन तर कति हद सम्म गर्दा जनता लाई स्विकार्य हुन्छ भन्ने अक्कड भएका राजनीतिक कर्मिले बुझ्न जरुरी छ । समस्या सबै सधैंका लागि निर्मुल नभए पनि अहिले देखिएको र तत्कालै सच्चिनु पर्ने समस्या भ्रष्टाचार उन्मुलन हो। धन जीवनक‍ो उदेश्य बनाएर पैसाले शक्ति र शक्तिले पैसा बनाउने राजनितीज्ञ एक पछि अर्को गर्दै झ्याङ्गिदै छन ।

यसको साथ रकमी कर्मचारी ले माथि लाई रिजाउने , समान सँग मिल्ने र तलका लाई झुकाउने गर्छन् । यसको मुल जरा राजनीती नै हो । जबसम्म राजनीति ठिक हुँदैन तबसम्म अरु केही ठिक हुन्न । सबै मान्छे असल छैनन् तर सबै खराब पनि छैनन् । अभावमा पनि नबिक्ने राजनितीज्ञ , कर्मचारी पनि नभएको हैनन् तर निकै दुर्लभ छन ।

राजनीती नेपाल जस्तो मुलुकमा धन र मान कमाउने सर्वश्रेष्ठ मेलो बनेको छ । स्वजन रिजाएर हलुवा पुरी ठिक हुँदा सम्म सबै ठिक छ भन्ने राजनीतिक कर्मी भए सम्म जन जनले आफ्नो अनुभुत गर्न सक्ने अवस्था हुन्न । कुनै नेता वा कार्यकर्ता सामयिक वा असामयिक निधन भए पनि हृदय बाट हैन पार्टीको कार्यकर्ता भएको कारण समवेदना व्यक्त गर्ने अवस्था छ ।

आखिर कहिले सम्म मरेर ठिक भयो भन्ने नजरमा बस्ने रुरु हिजो लाई स्विकारेर आज बाट थोरै भए पनि सुध्रिन सिकौं । सबैलाई झुक्याएर रगत चुस्दै अकुत सम्पत्ति कमाए पनि आफैंले आफैंलाई झुक्याउन सक्दैन । जति सम्पत्ति कमाए पनि दुई डोका दाउराले विलय गराउँछ शरीर ।

जीवनको बोध गरौं । सबै कुरा राजनीति सँग जोडिएकोले मन वचन कर्मले आफू बदलिएर बदलौँ । जीवनमा कार्यकर्ता स्वजन बाहेकको पनि मन मस्तिष्कमा पनि बस्न लायक पात्रको मृत्यु स्वतस्फूर्त जन जनमा शोक मय बन्न सक्ने समवेदनाको लायक पात्र बनौं । नाङ्गै जन्मियौं नाङ्गै जान्छौ । तपाई मरे पनि तपाईंको विचार पात्रता मनन योग्य रहोस् कामना ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार ०९:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।