काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि रीतपूर्वक आवेदन दिएका ६ जना उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल आयल निगमले बिहीबार सूचना जारी गर्दै कार्यकारी निर्देशक पदपूर्तिका लागि आवेदन दिएका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो। सिफारिस समितिको असार १ गतेको निर्णयअनुसार असार २ गते गोरखापत्र राष्ट्रिय दैनिक…