काठमाडौं । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा भेलाले पोखरेललाई अध्यक्ष चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष पोखरेलले भू–मण्डलीकृत साम्राज्यवाद, नवउदारवाद, प्रयावरण विनाशविरुद्ध बौद्धिक आन्दोलन गर्ने उद्देश्य रहेको बताए । उनले सुस्ताएको बौद्धिक आन्दोलनलाई फेरि नयाँ उचाईमा उठाउन संघ गठन गरिएको जानकारी दिए । भेलामा शुभकामना दिँदै नेताहरुले…