Logo

विविध

भोटेकोशी बाढी : शव पहिचानका लागि डीएनए प्रोफाइलिङ सुरु



काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका तथा सम्पर्कविहीन नेपाली र विदेशी नागरिकका शव पहिचान गर्न नेपाल प्रहरी अस्पतालले डीएनए प्रोफाइलिङ सुरु गरेको छ। बेपत्ता व्यक्तिका आफन्तबाट हालसम्म ५३९ वटा डीएनए नमुना संकलन गरिएको छ।

संकलित नमुना विधि विज्ञान प्रयोगशाला र नास्टमा परीक्षण गरी शवसँग मिलान गरेर पहिचान गरिने प्रहरीले जनाएको छ। पहिचान खुल्न नसकेका शवलाई छुट्टाछुट्टै कोड नम्बर दिई आवश्यक विवरणसमेत सुरक्षित राखिएको छ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार २०:३१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।