Logo

विविध

आईसिटी अवार्ड र नास आईटीबीच अवार्डसम्बन्धी सम्झौता



काठमाडौं । नेपाली प्रविधि कम्पनी, स्टार्टअप तथा नवप्रवर्तकलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मञ्चमा पुर्‍याउने उद्देश्यले आईसिटी अवार्ड र नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) बीच सहकार्यसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार आईसिटी अवार्डमार्फत राष्ट्रिय स्तरमा पहिचान भएका उत्कृष्ट प्रविधि तथा नवप्रवर्तनलाई एसिया–प्रशान्त क्षेत्रको प्रतिष्ठित एपीआईसीटीए अवार्डमा सहभागी गराउन आवश्यक सहजीकरण र मार्गदर्शन उपलब्ध गराइनेछ।

सहकार्यअन्तर्गत आईसिटी अवार्डमा सहभागी तथा विजेता भएका योग्य कम्पनी, स्टार्टअप र नवप्रवर्तकलाई एपीआईसीटीए अवार्डका लागि उपयुक्त विधा तथा योग्यता छनोटदेखि आवेदन र मनोनयन प्रक्रियासम्म सहयोग गरिने जनाइएको छ। यस्तै, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आवश्यक प्रस्तुति तयारीमा समेत सहजीकरण गरिनेछ।

नेपाली प्रविधि तथा उत्पादनलाई विश्वस्तरीय मञ्चमा प्रस्तुत गर्न आवश्यक तयारी, प्रतिस्पर्धाको स्वरूप बुझ्न तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्न समेत सहकार्यले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आईसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले राष्ट्रिय स्तरमा उत्कृष्ट प्रविधि तथा नवप्रवर्तन पहिचान गरेपछि त्यसलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्नु आईसिटी अवार्डको यात्राको स्वाभाविक अर्को चरण भएको बताए।

उनका अनुसार राष्ट्रिय स्तरमा उत्कृष्ट ठहरिएका प्रविधि, कम्पनी र नवप्रवर्तनलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धासम्म पुर्‍याउन सहकार्यले महत्वपूर्ण भूमिका खेल्नेछ।

 

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार १८:१४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।