काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रहरीले काभ्रे, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका सडक प्रभावित भएको जनाएको छ। काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ। मकवानपुरको कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म तथा नुवाकोटको टोखा–छहरे सडकमा…