काठमाडौं । संघीय सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलित शिक्षकहरूसँग सरकारले गरेको पहिलो वार्ता बिनानिष्कर्ष सकिएको छ । विद्यालय बन्द गरेर हिजो (बुधबार)देखि सडकमा आएका शिक्षकहरूसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा बिहीबार बिहान भएको वार्ता निष्कर्षविहीन भएको हो । गृह मन्त्रालयमा भएको वार्तामा शिक्षामन्त्री अशोक राई र सचिव सुरेश अधिकारी समेत सहभागी थिए ।…