काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले किर्ते गराई सार्वजनिक बाटो हडप्न सहयोग पु¥याएको पाइएको छ । तत्कालीन ललितपुर नगरपालिका वडा ३ को वडा प्रमुख रहँदा वि.सं. २०४९ साल फागुन ६ गते उनले वडा सदस्यसँग मिलेर बाटो कब्जा गर्न सहयोग पु¥याएको पाइएको हो । ललितपुर महानगरपालिका वडा नं. ४ निवासी उनका छिमेकी दम्पति लक्षुमण महर्जन…