काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीसहित ५०१ जनालाई कैद माफी दिइएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता साझेदार नागरिक उन्मुक्तिका संरक्षक समेत रहेका पूर्व सांसद चाैधरीसहित ५०१ जनाकाे कैद माफी गरेका हुन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिस अनुसार चौधरीलगायतको कैद माफी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।…