काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति जनाएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले प्रकरणमा आफ्नो चरित्रहत्या मात्र नभई आफ्नो चरित्रमाथि नै बलात्कार भएको टिप्पणी गरेकी छिन् । सांसद राणाले भनिन्–‘हाम्रो देशमा फेक न्युज र फेक मिडियाको परकाष्टै पुगिसकेको रहेछ । म…