काठमाडौँ । प्राचीन सभ्यतामा आधारित सामाजिक र सांस्कृतिक जीवन काठमाडौँ सहरमा पर्यटनको महत्वपूर्ण सूचक भएको काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । चीनको छाङ्सामा चलिरहेको फ्राग्रान्ट टुरिजम समिटमा बोल्दै उपप्रमुख डंगोलले भनिन्, ‘पर्यटन पूर्वाधारका लागि भूगोल, मानवीय सभ्यता, प्राकृतिक सम्पदालगायत विभिन्न आधार र सूचक हुन सक्छन् । काठमाडौँ कला, साहित्य, सिर्जना र सभ्यतासँग सम्बन्धित…