गणतन्त्र स्थापनापछि देशले आज चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउँदै छ । निर्वाचन आयोगले राष्ट्रपति चयन गर्ने प्रक्रियाका लागि सबै तयारी पूरा गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति चयन गर्न आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ । मतदानलगत्तै साँझसम्म…