Logo

कांग्रेसबाट राप्रपालाई प्रधानमन्त्रीको प्रस्ताव आकै हो : उपाध्यक्ष प्रधान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको अफर आएको पुष्टि गरेका छन् । शुक्रबार सर्वदलीय बैठकपछि संघीय संसद् भवन परिसरमा पत्रकारहरूले राखेका जिज्ञासामा उपाध्यक्ष प्रधानले यस्तो बताएका हुन् । उपाध्यक्ष प्रधानले कांग्रेसतर्फ संकेत गर्दै आफ्नो पार्टीलाई प्रधानमन्त्रीको अफर आएको बताए । ‘ठूला दलहरूबारे हामीले टिप्पणी गर्न मिलेन…